१६ जनामा कोरोना

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा बुधबार १६ जनालाई कोरोना पुष्टि भएको छ ।
अस्पतालले जारी गरेको विवरणमा बर्दियाका ८० वर्षीय बृद्धसहित १६ जनामा कोरोना पुष्टि भएको हो । अस्पतालका अनुसार, कोरोना हुनेमा बर्दियाका ५ जना, दाङका एकजना र अरु बाँके जिल्लाका रहेका छन् ।
अस्पतालले हालसम्म ५१ हजार ६ सय ८१ जनाको कोरोना जाँच गरेको छ । त्यसमा चार हजार नौ सय ९६ जनामा कोरोना पुष्टि भएको छ ।
कोरोनाका फोकलपर्सन परिवर्तन भइरहदा पछिल्लो दिनमा विवरण दिन छोडिएको छ । जिल्लामा भेरी, मेडिकल कलेज कोहलपुर र बागेश्वरी ल्याबले कोरोना जाँच गर्ने गर्दछन् ।


error: यो सुविधा उपलब्ध छैन !