नेपालगञ्जमा जसपाको प्रदर्शन
नेपालगञ्ज – जनता समाजवादी पार्टी (जसपा), बाँकेले संसद विघटनको विरोधमा नेपालगञ्जमा प्रदर्शन गरेको छ ।
सरकारको विरुद्धमा नारा जुलुश गरेको जसपाका नेता तथा कार्यकर्ताले असंवैधानिक कदम सच्याउन माग गरेको छ ।
एमपी स्कूल नजिकबाट निस्केको जुलुश नाराबाजी गर्दै त्रिभुवनचोक भएर वीपीचोकमा पुगेर कोण सभा गरेको थियो ।
कोण सभालाई सम्बोधन गर्दै पूर्वमन्त्री मो. इस्तियाक राइनले अदालतले गलत निर्णय सच्याउनु पर्ने बताउनुभयो । ‘देशलाई दुर्घटनाबाट बचाउन अहिलेको अलोकतान्त्रिक र असंवैधानिक निर्णय सच्याउनु पर्छ, राइनले भन्नुभयो, अदालतले यो निर्णय सच्याएन भने हामी सबैले सडकबाट निर्णय सच्याउँछौं ।’
कोण सभामा कमरुद्दिन राइन, अम्बिका काफ्ले, हिक्मत विकलगायतले सम्बोधन गर्दै सरकारको गलत निर्णयलाई सच्याउनु पर्ने बताउनुभयो ।