क्लबलाई फुटबल वितरण

नेपालगञ्ज – बाँके जिल्ला फुटबल संघले जिल्लाका क्लबलाई फुटबल वितरण गरेको छ । संघसँग आवद्ध ११ क्लबलाई फुटबल दिइएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को सहयोगमा बाँके जिल्ला फुटबल संघले प्रत्येक क्लबलाई चारवटा फुटबल प्रदान गरेको बाँके अध्यक्ष भोजराज शाहीले जानकारी दिनुभयो ।
नेपालगञ्जको धम्बोझीस्थित ग्रासरुट फुटबल एकेडेमीमा भएको कार्यक्रममा एन्फाका पूर्व उपाध्यक्ष गोवर्धन सिंह सम्झना, आयोजक बाँके जिल्ला फुटबल संघ अध्यक्ष भोजराज शाही, उपाध्यक्ष नगिना श्रेष्ठ, सचिव गोविन्द प्रसाद श्रेष्ठ तथा तरुणदल बाँकेका सचिव बिनोद रिजालले क्लबका प्रतिनिधिलाई फुटबल हस्तान्तरण गर्नुभयो ।
पूर्व उपाध्यक्ष सम्झनाले कोरोनाको महामारीले पारेको प्रभावको सामना गर्दै फुटबल गतिविधि शुरु हुनु पर्ने बताउनुभयो ।
बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले कोरोनाको संकटका बिच बाँकेमा अब फुटबलले गतिले लिने बताउनुभयो । ‘संघले बाँकेमा फुटबलको विकासका लागि हरेक क्लब र खेलकर्मीसँग सहकार्य गरेर अगाडी बढ्छौ, शाहीले भन्नुभयो, ‘अहिले विश्वले संकटको सामना गरेको छ । यस्तो बेला फुटबलले जनतामा एउटा खुसी हुने वातावरण सृजना गर्न सक्छ । हामी फुटबलको माध्यमबाट समाजमा एउटा हौसला, नयाँ उत्साह जगाउने प्रयास गर्नेछौं ।’


error: यो सुविधा उपलब्ध छैन !