किशोरीले खेले मैत्रीपूर्ण फुटबल

बर्दिया – लैंगिक हिंसाबिरुद्धको १६ दिने अभियानअन्तर्गत राजापुर नगरपालिकाको वडा नं. ६ मा किशोरीकाबीच मैत्रीपूर्ण फुटबल प्रतियोगीता गरिएको छ ।
प्लान ईन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (बीग्रुप) बाँकेको साझेदारीमा सञ्चालित बाल विवाह रोकथाम परियोजना (नोराड) अन्तर्गत गठन गरिएको सिओसी समूहका किशोरीहरुको अगुवाईमा फुटबल प्रतियोगीताको आयोजना गरिएको हो ।
फुटबल प्रतियोगीतामा दिलकुमारी थारुको समूहले बालीका थारु समूहबिरुद्ध ४ गोल गरी विजय हासिल गरेको छ ।
समाजमा भइरहेको बालविवाह जस्तो सामाजिक अपराधबिरुद्ध सचेतना फैलाउने उद्देश्यले समुदाय स्तरमा किशोर तथा किशोरीहरुको क्षमता विकासका लागी विभिन्न गतिविधिहरु सञ्चालन गरिरहेको कार्यक्रम संयोजक दिनेश कुमार चौधरीले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !