धनगढीका ३५ वर्षीयको कोहलपुरमा मृत्यु

नेपालगञ्ज – कोरोना संक्रमित कैलालीका ३५ वर्षीय पुरुषको बाँकेमा मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, स्वास्थ्यमा समस्या आएपछि मंसीर १५ गते कोहलपुर मेडिकल कलेजमा उपचारका लागि ल्याइएका धनगढी उपमहानगरपालिका वडा नं. ६ का ३५ वर्षीय पुरुषलाई त्यही दिन नै कोरोना पुष्टि भएको थियो ।
कोहलपुर मेडिकल कलेजको कोरोना आइसोलेसन युनिटमा राखेर उपचार गरिएका ३५ वर्षीयको आज विहान ४.१५ बजे मृत्यु भएको छ ।
बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आउदा ६२ जनाको मृत्यु भइसकेको छ ।


error: यो सुविधा उपलब्ध छैन !