१४ जना प्रहरी नियन्त्रणमा

नेपालगञ्ज – मेलामा सामान्य विवाद भयो । विवाद त यसअघि पनि भइरहन्थ्यो । सुक्मार यादव र सुरेन्द्रका बीचबाट विवाद शुरु भएको प्रहरीको भनाई छ ।
विवादले उग्ररुप लियो । जानकी गाउँपालिका वडा नं. ५, बनियागाउँमा बाटो पारी र वारिका बासिन्दामा कुटाकुटा भयो । सबैका हातमा लाठी थियो । दुई पक्षका बीचमा एकले अर्कोलाई आक्रमण गरियो ।
टाउकोमा गम्भीर चोट लागेका धनीराम यादवको नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भयो । नौ जना उपचारमा छन् । बाँके प्रहरी प्रवक्ता डीएसपी सुवास खड्काका अनुसार, १४ जनालाई नियन्त्रणमा लिइएको छ । उनीहरुमध्ये को चाहि घटनामा प्रत्यक्ष संलग्न भन्नेबारेमा अनुसन्धान भइरहेको छ ।
प्रहरीको ठूलो टोलीले रातभरी गाउँमा पहरा दिएको थियो । ठूलो संख्याको प्रहरी उपस्थितिले गर्दा राती थप झडप हुन पाएन । मृतक यादवको शव मेडिकल कलेजमै रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !