७७ वर्षीया महिलाको मृत्यु
नेपालगञ्ज – कोरोना संक्रमित दाङका ७७ वर्षीया महिलाको मृत्यु भएको छ ।
स्वास्थ्यमा समस्या आएपछि मंसीर ५ गते कोहलपुर मेडिकल कलेजमा उपचार गर्न ल्याइएकी ७७ वर्षीया महिलाको भोलीपल्ट कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि मेडिकल कलेजको आइसोलेसन युनिटमा उपचार सेवामा सारिएको थियो ।
रोगको प्रकृति अनुसार उपचार गरिएपनि बृद्धालाई बचाउन नसकेको अस्पतालले जनाएको छ । बृद्धाको गएराती १२.१५ बजे मृत्यु भएको छ ।
बाँकेमा उपचार गराउन आएर मृत्यु हुने बाहिरी जिल्लाको संख्या ४९ पुगेको छ ।