प्यूठानका ७८ वर्षीयको नेपालगञ्जमा मृत्यु

नेपालगञ्ज – बाँकेमा उपचार गराउन आएका प्यूठानका कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, नौबाहिनी गाउँपालिका वडा न.. ६ का ७८ वर्षीय पुरुषको आज विहान नौ बजे नेपालगञ्जमा मृत्यु भएको हो ।
७८ वर्षीय बृद्धलाई स्वास्थ्यमा समस्या आएपछि कात्तिक ३० गते कोहलपुर मेडिकल कलेजमा ल्याइएको थियो । मंसीर एक गते कोरोना पोजिटिभ रिपोर्ट आयो । दुई गते भेरी अस्पताल, नेपालगञ्जमा ल्याइयो । उपचारको क्रममा ७८ वर्षीयको विहान नौ बजे मृत्यु भयो ।
योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !