प्रहरी हिरासतमा थुनुवाले गरे आत्महत्या

नेपालगञ्ज – जिल्ला प्रहरी कार्यालय, बाँकेको हिरासतमा रहेका थुनुवाले आत्महत्या गरेका छन् ।
बाँके वनकट्टीका बाबुलाल रैदासले आत्महत्या गरेका हुन् । अभद्र व्यवहारमा हिरासतमा रहेका रैदासलाई प्रहरीले ज्यान मुद्दामा पनि अनुसन्धान गरिरहेको थियो ।
आज विहान साढे ५ बजे रैदासले हिरासतको शौचालयमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले बताएको छ । उनले टाउकोमा कपडा बाँधिरहन्थे । त्यही कपडाले पासो लगाएर विहान आत्महत्या गरेको प्रहरी स्रोतले बताएको छ ।


error: यो सुविधा उपलब्ध छैन !