बाँकेमा दाङ र नेपालगञ्जका मृतक बढी

नेपालगञ्ज – बाँकेमा कोरोनाको उपचार गराउन आउदा सबैभन्दा बढी दाङका बिरामीको मृत्यु भएको छ ।
जिल्लाका दुई ठूला अस्पतालहरु भेरी अस्पताल र कोहलपुर मेडिकल कलेजमा कोरोनाको उपचार गराउन आउदा दाङका १८ जनाको मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, बर्दियाका ८ जना, कैलाली र कञ्चनपुरका ४÷४ जनाको मृत्यु भएको छ । सुर्खेतका ३, दैलेख र अछामका २ जना, र अर्घाखाँची, रुकुम पश्चिम र रोल्पाका एक÷एकजनाको मृत्यु भएको छ ।
बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउदा ४४ जनाको मृत्यु भएको छ । त्यसमा ३५ पुरुष र ९ जना महिला रहेका छन् ।
बाँकेको हकमा भने नेपालगञ्ज निवासी धेरैको मृत्यु भएको छ । बाँकेका ३७ जनाको मृत्यु हुँदा नेपालगञ्ज उपमहानगरपालिकाका २४ जना, कोहलपुरका ७ जना, खजुराका दुई जना र बैजनाथ, राप्तीसोनारी, जानकी, नरैनापुरका एक÷एक जनाको मृत्यु भएको छ । १९ जना भेरीमा, १६ जना कोहलपुर मेडिकल कलेज, एकजना नरैनापुर क्वारेन्टाइन र एकजना होम आइसोलेसनमा मृत्यु भएको थियो ।
यसैबीच, शुक्रबार १६ जनाले कोरोनालाई जितेका छन् । ८ जना महिला र ८ जना पुरुषले कोरोनालाई जितेका हुन् । कात्तिक २५ गते कोरोना पुष्टि भएका उनीहरु शुक्रबार डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !