अस्पताल ल्याएको डेढ घण्टामै मृत्यु


नेपालगञ्ज – कोरोना पुष्टि भइसकेपछि होम आइसोलेसनमा बसेका दाङका ७९ वर्षका पुरुषको मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका वडा नं. १७ का ७९ वर्षीय पुरुषलाई कात्तिक २१ गते कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बसेका थिए । होम आइसोलेसनमा बस्दा स्वास्थ्यमा समस्या आएपछि उनलाई मंसीर २ गते राती १२.३० बजे बाँकेको कोहलपुरमा रहेको मेडिकल कलेजमा ल्याइएको थियो । बृद्धको डेढ घण्टापछि दुई बजे मृत्यु भयो ।
बृद्धको केही समयदेखि दम र उच्च रक्तचापको समस्या थियो । योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउदा मृत्यु हुनेको संख्या ४० पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !