नेपालगञ्ज म्याराथनको पुरस्कार राशी बढ्यो
नेपालगञ्ज – क्रिएटिभ ह्याण्ड्सको आयोजना तथा क्रियटिभ गञ्ज मिडिया एण्ड इभेन्ट्सको व्यवस्थापनमा मंसीर ६ गते शनिबार हुने छैठौं धारा नेपालगञ्ज म्याराथन र हाफ म्याराथनको पुरस्कार राशीमा बृद्धि गरिएको छ ।
यसपटक म्यराथनका विजेताले ७५ हजार, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गर्ने क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरीले जानकारी दिनुभयो । चौथोले १०, पाँचौंले ८, छैठौंले ७, सातौंले ६ र आठौं हुनेले ५ हजार रुपैयाँ पाउने छन् । म्याराथनको विजेताले गत वर्षको ५५ हजार पाएका थिए ।
महिला हाफ म्याराथनको विजेताले ३०, दोस्राले १५, तेस्रोले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै चौथोलाई ७, पाँचौंलाई ६ र छैटौं हुनेलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
नेपालगञ्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई र सेनाका नवराज साउद विजेता भएका थिए । त्यस्तै महिला हाफ म्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छन् । गत संस्करणमा सेनाकी पूर्णलक्ष्मी न्यौपानेले जितेकी थिइन् ।