प्लाज्मा बैंकको आवश्यकता

नेपालगञ्ज – चिकित्सकहरुले प्लाज्मा बैंकको स्थापना गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाली काँग्रेस, बाँकेको कोभिड–१९ सूचना समितिले बिहीबार आयोजना गरेको कार्यक्रममा उपस्थित चिकित्सकसहितका सहभागीले बाँकेमा प्लाज्मा दान गर्नेहरुको खोजी गर्दै प्लाज्मा बैंक स्थापना गर्ने तयारी गरिएको बताएका छन् ।
समितिका सल्लाहकार डा.संकेत रिसालले प्लाज्मा जम्मा गर्ने काम चुनौतीपूर्ण रहेको बताउनुभयो । डा. नितेश कनोडियाले प्लाज्मा बैंक स्थापना गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो ।
कोभिड–१९को संक्रमण भएर गम्भीर अवस्थामा पुगेका विरामीको ज्यान बचाउन आबश्यक पर्ने प्लाज्माको अभाव भइरहेको अवस्थामा नेपाली काँग्रेस, बाँकेले प्लाज्माको सहज आपूर्तिका लागि प्रयास अघि बढाएको छ ।
समिति संयोजक लक्ष्मीनारायण शाहले प्लाज्मा बैंकको स्थापना गर्नुपर्ने आबश्यकता देखिएकाले त्यसमा लागि परेको बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !