प्रजिअ कुरुम्बाङ भन्नुहुन्छ, ‘केही दिन त गाह्रो बनायो’

नेपालगञ्ज – बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले कोरोनालाई जित्नु भएको छ ।
कात्तिक ११ गते कोरोना पुष्टि भएका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ आज डिस्चार्ज हुनु भयो । कोरोना कहरकै बीचमा बाँकेका सरुवा भएर आउनु भएका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ कोरोनाबाट मृत्यु भएका व्यक्तिको व्यवस्थापनमा आफै खटिनु हुन्थ्यो ।
जिल्लामा आएको केही दिनमै त्यतिबेला कोरोनाको हटस्पट बनेको नरैनापुरमा पुग्नु भएका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ कोरोनाविरुद्धको अभियानमा मास्कवितरणदेखि निषेधाज्ञा पालना गराउन आफै खटिनु हुन्थ्यो ।
दशैंमा ज्वरो आएपछि स्वाव परीक्षण गराउदा प्रमुख जिल्ला अधिकारी कुरुम्बाङलाई कोरोना पुष्टि भएको थियो । ‘केही दिन ज्वरो आएपछि परीक्षण गर्दा कोरोना देखियो, प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले भन्नुभयो, केही दिन त गाह्रो नै गरायो ।’
शुक्रबार अरु सात जना पनि कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले ६ जना कोहलपुर, एकजना राप्तीसोनारीका व्यक्तिले कोरोनालाई जितेर डिस्चार्ज भएको जानकारी दिनुभयो ।
जिल्लामा अहिलेसम्म दुई हजार नौ सय ८७ जनाले कोरोनालाई जितेका छन् । दुई सय ९२ जना आइसोलेसनमा रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !