सप्तमीमा ३७ जना डिस्चार्ज
नेपालगञ्ज – सप्तमीको दिन बाँकेमा ३७ जना डिस्चार्ज भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले २० पुरुष र १७ महिला डिस्चार्ज भएको जानकारी दिनुभयो । आज डिस्चार्ज भएकाहरु अधिकांश होम आइसोलेसनमा बसेका छन् । उनीहरुलाई असोज २३ गते कोरोना पुष्टि भएको थियो ।
जिल्लामा अहिलेसम्म दुई हजार तीन सय १५ जना डिस्चार्ज भएका छन् । ५ सय ५७ जना आइसोलेसनमा बसेका छन् ।