त्रिभुवनचोकमा राष्ट्रिय झण्डा राखियो

नेपालगञ्ज – नेपालगञ्जको त्रिभुवनचोकमा नेपाली राष्ट्रिय झण्डा राखिएको छ ।
नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाले चोकमा नेपाली राष्ट्रिय झण्डा राख्नु भएको हो ।
दोस्रो जनआन्दोलन अघि त्यहाँ राजा त्रिभुवनचोक शालिक रहेको थियो । जनआन्दोलनका बेलामा राजाको शालिक तोडफोड गरिएको थियो । त्यसपछि त्यहाँ लामो समयसम्म नेपाली राष्ट्रिय झण्डा राखिएको थियो ।
जीर्ण रहेको स्तम्भलाई पुननिर्माण गरिएपछि बिहीबार पुनः राष्ट्रिय झण्डा राखिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको बोर्ड बैठकले त्रिभुवनचोकमा राष्ट्रिय झण्डा राख्ने निर्णय गरेको थियो । बोर्डले सार्वजनिक सुनुवाई गरेर त्यहाँ राजा त्रिभुवन वा अरु कसैको शालिक राख्ने जनाइसकेको छ ।


राजा त्रिभुवनकै शालिक राख्न दबाब बढिरहेको छ । इतिहास मेटाउनु हुँदैन भन्नेहरुको बाहुल्यता बढेको छ । नेपालगञ्ज उपमहानगरपालिकाले सबैको निर्णय अनुसार नै अघि बढ्ने संकेत देखाएको छ ।
बिहीबार नेपाली राष्ट्रिय झण्डा राख्दा वडा नम्बर ८ र ११ नम्बर वडाध्यक्षका साथै कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !