भ्रामरी देवी
नेपालगञ्ज – परापूर्वकालदेखि आजको एक्काइसौँ शताव्दीको अत्यन्त विकशित र आधुनिक युगमा पनि आमा बुबाले आफ्ना नव पालुवा पुत्रीको नाम भगवतीका अनेक रुप र अवतारका नामहरु नै प्राय राख्ने गरेको पाइन्छ । उदाहरणको लागि दुर्गा, सावित्री, लक्ष्मी, सरस्वती, इशा, सारा, कालिका साम्भवी, आदी ।
परब्रम्ह परमात्मा आदि शक्ति ईश्वरीका १०८ वटा नामहरु मध्येमा कसैले पनि उनको भ्रामरी नाम राखेको सुनिएको पाइदैन । भ्रामरी देवीकोबारेमा कुनै चर्चा पनि गरेको सुनिदैन । उनको योगदानका बारेमा चर्चा गर्नु त धेरै टाढाको कुरा । सोझो अर्थमा हेर्दा भ्रामरी शव्द भ्रमर अर्थात नेपालीमा भ्रमरा वा भमरा हुन्छ । भ्रमरको स्त्रीलिंगी भ्रामरी हुन्छ । यो भवँरा अर्थात किरा पनि कसरी भगवती अर्थात ब्रम्ह स्वरुप भयो त भन्ने प्रश्न उठ्नु अत्यन्त स्वाभाविक हो ।
दुर्गा सप्तशती चण्डिको ११ औँ एघारौँ अध्यायको ५२ र ५३ श्लोकहरुमा संक्षेपमा उद्धृत गरिएको छ । ‘यदा रुणाख्यस्त्रैलोक्ये महाबाधांकरिष्यति । ५२ श्लोक । तदाहं भ्रामरं रुपं कृत्वा संख्येयषट्पदम । त्रैलोक्यस्य हितार्थाय वधिष्यामि महासुरम ।’ ५३ श्लोक । अर्थात ‘त्यस वेला अरुण नामक दैत्यले तिनै लोकमा उपद्रव गर्ने छ । तब म तिनै लोकको हित गर्नका निम्ति छ खुट्टा हुने असंख्या भ्रमराहरुको रुप धारण गरेर त्यो दैत्यको वध गर्ने छु ।’
दुर्गा सप्तसती चण्डीमा भ्रामरी देवीको अवतारको बारेमा यति मात्र उल्लेख गरिएको छ । हेर्दा साधारण देखिने भमरालाई शष्त्राष्त्रले सम्पन्न अत्यन्न पराक्रर्मी वलशाली र शक्तिशाली दैत्यको कसरी बध गर्न सम्भव भए होला जस्तो लाग्नु स्वाभाविक छ । यो अवतारले त्रिलोक रक्षार्थ गरिएको वीरगाथा अर्थात योगदान यस प्रकार छ । नारद मुनीको प्रश्नमा भागवत महापुराण, द्वितीय खण्ड, दशम स्कन्ध, तेह्रौँ अध्यायमा भगवान नारायणले आज्ञा गर्नुभयो पूर्वकालमा अरुण नामक एकजना महाप्रतापी र वीर दानव थियो जो पाताल लोकमा बस्दथ्यो । त्यो अत्यन्त क्रुर र नीच प्रकृतिको थियो । आफ्नो ईष्र्यालु स्वाभावको कारणले देवताहरु प्रति सधैं द्वेष र इष्र्याभाव राख्थ्यो । देवताहरुसित सामना गर्ने र युद्ध गर्ने भने उसमा सामथ्र्य थिएन । त्यसकारणले उसले ब्रम्हको भक्ति अति कठोर तरीकाले तीस सहस्र वर्ष सम्म ग¥यो । उसको यो कठोर तपस्यावाट ब्रम्हजी प्रशन्न हुनु भयो र दर्शन दिदै इच्छित वर माग्न भन्नु भयो । उसले अमरत्वको अर्थात कहिले पनि मृत्यु नहुने बरदान माग्यो । यो सुने पछि प्रभु ब्रम्हले आज्ञा गर्नु भयो, जो जन्मिन्छ त्यो अवश्य मर्छ । सृष्टि, स्थिति र लय त प्रकृतिको नियम हो । कुनै प्राणी यो चक्रबाट वच्न सक्दैन । अरु त अरु स्वयम ब्रम्हा, विष्णु र महेशको पनि आयु सकिन्छ र लय हुनु पर्छ अर्थात मृत्यु हुन्छ (१३ अध्याय, श्लोक ५१ र ५२) भने अरु जीवनको अमरत्वको त कुरै भएन त्यसैले अन्य बरदान माग भन्नुभयो ।
यो सुनेर अरुण दैत्यल भन्योे, ‘प्रभु त्यसो भए म न युद्धमा मरुँ, न अस्त्रशष्त्रले मरुँ, न स्त्री न पुरुष, न पंक्षी, नपशु कसैले पनि मेरो वध गर्न नसकुन् । मलाई यस्तो बल र पराक्रम प्रदान गर्नु हवस कि जसले गर्दा सम्पूर्ण देवताहरु माथि विजय प्राप्त गर्न सकु ।’ यो पछिल्लो बरदान मागेपछि भगवान ब्रम्हाले तथास्तु भनेर आफ्नो हंस वाहन नामक विमानमा सवार भएर अन्तध्र्यान हुनुभयो । त्यसपछि अरुण दैत्यले आफ्नो योजनाको कार्यान्वनमा लाग्यो सम्पूर्ण दैत्यहरुलाई एकत्र गरेर शैन्यबल तयार पा¥यो । अनि अमरावतीमा आक्रमण ग¥यो । झट्ट युद्ध न चाहने इन्द्रादी देवहरु अरुणसितको युद्धमा सजिलै पराजित भए ।
यसप्रकार स्वर्गको अधिपति भएर अरुणले स्वर्गका सम्पूर्ण वस्तुहरुमाथि एकाधिकार प्राप्त गरी निष्कण्टक राज्य भोग गर्न लाग्यो । स्वर्ग र मत्र्यमा आंतक फैलाउन लाग्यो । पराजित देवगण निरीह र लाचार भई आपसमा छलफलगरी शिवजी कहाँ कैलाश तिर लागे । त्यहाँ पुगेर शिवजी समक्ष सवै पीडा अनुरोध गरे । उनीहरुको विपदको कथा सुनेर भगवान शिव पनि चिन्तित हुनुभयो । यत्तिकैमा भुवनेश्वरी देवीको आकाशवाणी भयो कि अरुण दैत्य गायत्री मन्त्रको उपासक छ । यदि उसले गायत्री मन्त्रको उपासना गर्न छोड्यो भने उसको मृत्युयोग्य परिस्थितिको सिर्जना हुन्छ । यो मातृवाणी सुने पश्चात देवगणले गुरु वृहस्पतिलाई बलाए र अरुणलाई गायत्री मन्त्रको उपासना गर्न रोक्ने उपाय गर्न अनुरोध गरे । देव गुरु वृहस्पति अमरावती पुगे । सशंकित हुँदै अरुण दैत्यले गुरु वृहस्पति आउनुको प्रयोजन सोध्यो । त्यहाँ पुग्ना साथ उनले देवताहरुकी पुज्या भगवती जाम्बुनदेश्वरी भगवतीको निष्ठापुर्वक उपसना गर्न लागे । वृहस्पति अमरावती पुगेको देखेर अरुणले प्रश्न ग¥यो, ‘तपाई त मेरो शत्रुहरुको गुरु र पक्षपाती हुनुहुन्छ । म कहाँ कुन प्रयोजनले आउनु भयो ? त्यति मात्र होइन म पनि त तपाईको पक्षपति होइन ।’ यो सुनेर मेधावी गुरु वृहस्पतिले तुरुन्त भने, ‘हे राजन तपाई कसरी हाम्रो पक्षपाति हुनुहुन्न र ? जुन गायत्री भगवतीको उपासना हामीले गर्छाै । तपाइले पनि त उनैको उपासना उनैको उपासना गर्नुहुन्छ । तसर्थ तपाई त हाम्रै पक्षपाति हुनुहुन्छ ।’ यो सुनेर उसको मति भ्रमित भयो । त्यसपछि देवमायावाट मति भ्रष्ट गर्न मोहित गरिएको दैत्य राज अरुणले गायत्री जाप गर्न बन्द ग¥यो । यसरी उसको शरीर पनि शिथिल र निस्तेज हुँदै गयो । देवगुरु फर्के पछि भुवनेश्वरी माताको मुटठीवाट भमराहरु निस्किन लागे । हेर्दा हेदै उनको चारैतिर त्यसपछि आकाश ढाकिन लाग्यो । भ्रामरी रुपिणी देवी स्वर्गमा गएर अरुण दैत्य र उसका वरिपरिका सवैलाई टोकेर उनीहरुको शरीरभरी आफ्नो विष प्रवाह गरिदिए ।
भ्रामरी देवीको अगाडी उसका शैन्यबल शष्त्राष्त्र र उसका पौरुषको कुनै जोर चलेन । अन्ततोगत्वा अरुणदैत्यको मृत्यु भयो । अनि इन्द्र लगाायत सबै देवताहरुलाई स्वर्गको प्राप्ति भयो भने अरुण दैत्य र उसका दल बलबाट आतंकित मानव र देव समाजले सदाका लागि मुक्ति प्राप्त गरे । यस प्रकार भुवनेश्वरी देवीले भ्रामरी रुप धारण गरेर स्वर्ग र मत्र्यका निवासीलाई आंतक र भयवाट मुक्ति दिलाएकी थिइन् । माता भ्रामरी देवीको जय होस् ।