घटना थाहा पाएको ३० सेकेन्डमै प्रहरी मुभ हुने

नेपालगञ्ज – बाँके प्रहरीले चाडबाड विशेष सुरक्षा योजनाअन्तर्गत घटना भएको थाहा पाएको ३० सेकेन्डमा मुभ हुने गरी ‘क्यूआरटी’ (क्वीक रेस्पोन्स टीम) परिचालन गरेको छ ।
नेपालगञ्जको धम्बोझीचोक र कोहलपुरको चौराहामा बेस बनाएर क्यूआरटी परिचालन हुने एसपी ओमबहादुर रानाले बताउनुभयो । घटना भएको थाहा पाएको ३० सेकेन्डमै मुभ हुने गरी धम्बोझीचोकमा १२ वटा मोटरसाइकल र एउटा भ्यान स्टेन्डवाई राखिएको छ । एसपी रानाका अनुसार, जिल्लाभरीमा ३६ वटा मोटरसाइकल यसरी स्टेन्डवाई राखिएको छ ।


‘घटना भएको थाहा पाएको ३० सेकेन्डमा मोटरसाइकल मुभ हुन्छ । प्रहरी भ्यान एक मिनेटमा मुभ हुन्छ, एसपी रानाले भन्नुभयो, धम्बोझीमा एउटा अर्को भ्यान पीडितको उद्धार गर्नका लागि राखिएको छ ।’
बाँके प्रहरीले चाडबाड लक्षित विभिन्न योजनाहरु सार्वजनिक गरिसकेको छ । त्यसअन्तर्गतको क्यूआरटीको परिचालनको आज धम्बोझीमा उद्घाटन गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !