विश्व हिन्दु महासंघ, बाँकेमा मल्ल
नेपालगञ्ज – बाँकेमा विश्व हिन्दु युवा महासंघको शाखा गठन गरिएको छ ।
महासंघका केन्द्रीय अध्यक्ष ऋषिकेशजंग शाहको उपस्थितिमा सुरज मल्लको अध्यक्षतामा बाँके शाखा गठन गरिएको हो ।
हिन्दु राष्ट्र निर्माणका लागि जनजागरण अभियान, संगठन विस्तार, गौरक्षाका लागि बाँकेमा महासंघको शाखा गठन गरिएको छ ।
नवनियुक्त अध्यक्ष मल्लले युवालाई सिर्जनशील काममा सहभागी गराउन, समाजमा रहेका विकृति, विसंगति रोक्न, कानूनी दायरामा रहेर जिम्मेवार निकायमा बसेर राम्रो भूमिका ननिभाएका जनप्रतिनिधिलाई खबरदारी गरिने बताउनुभयो ।
जिल्ला अध्यक्ष मल्लले भन्नुभयो, ‘धर्मको नाम बेचेर रानजीतिक तुष्टि मात्रै पूरा गरिदैन, सनातन संस्कृतिलाई जोगाएर राख्न महत्वपूर्ण योगदान गछौं । हरेक समुदाय, धार्मिक सम्प्रदायका बीचमा मेलमिलाप राखिराख्न पहल गर्छौ ।’ उहाँका अनुसार, जिल्ला समितिले केही दिनमा पूर्णता पाउँछ । त्यसपछि वडा र टोलहरुमा संगठन विस्तार गरिनेछ ।