कोरोनाबाट ठाकुरबाबाका ४२ वर्षीयको मृत्यु
नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा बर्दिया ठाकुरबाबा–६ का कोरोना संक्रमित ४२ वर्षीय पुरुषको मृत्यु भएको छ ।
असोज १४ गते कोहलपुर मेडिकल कलेजमा ल्याइएका ४२ वर्षीय पुरुषलाई १६ गते कोरोना प्रमाणित भएको थियो । उनको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि २७ गते भेरी अस्पतालमा पठाइएको थियो । उनको कात्तिक २ गते विहान ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउदा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।