एस क्याफेको कफी नै किन ?
नेपालगञ्ज – सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीले कफीका पारखीहरुलाई गुणस्तरीय अर्गानिक कफीको स्वाद दिने उद्देश्यका साथ देशका प्रमुख शहरहरुमा क्याफे विस्तार गर्दै आएको छ ।
२०७४ सालदेखि गुल्मीमा आफ्नै कफी बगान सञ्चालन गर्दै आएको सिद्धार्थ गु्रपले काठमाडौंको तीनकुने, जमल, न्यूरोड, बाँकेको नेपालगञ्ज र कोहलपुरमा क्याफे सञ्चालन गरिरहेको छ ।
कफीलाई संसारमै दोस्रो बढी खपत हुने पेय पदार्थ मानिन्छ । कफी स्वास्थ्यका लागि उपयुक्त पेय पदार्थ हो । विशेष गरी मधुमेह, लो ब्लड प्रेसर, छाला सम्बन्धी रोगका लागि लाभदायिक मानिन्छ । कफीको नियमित सेवनले तौल घटाउन र स्मरण शक्ति बढाउन सहयोग पु¥याउने विश्वास गरिन्छ । यद्यपि, कुनै पनि बस्तुको अत्याधिक सेवन स्वास्थ्यका लागि हितकर हुँदैन ।
व्यवस्थापनका अनुसार, सिद्धार्थको एस क्याफेमा नेपालको गुल्मी मै उत्पादन हुने अरबीका कफी नै प्रयोग हुने गर्दछ । गुल्मीको अरबीका कफीको स्वाद र गुणस्तर अन्तर्राष्ट्रिय बजार र विश्वभरका पारखीहरुका बीचमा लोकप्रिय मानिन्छ ।
पश्चिमको टीकापुरदेखि काठमाडौंसम्म करिव ३६ वटा शाखाहरुमार्फत होटल, रिसोट, रेष्टुरेन्ट हस्पिटालिटी व्यवसाय सञ्चालन गर्दै आएको सिद्धार्थ गु्रपले एस क्याफेलाई देशैभर विस्तार गर्ने तयारी गरिरहेको गु्रपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले जानकारी दिनुभयो ।