कोरोनाबाट २५ वर्षीया महिलाको मृत्यु
नेपालगञ्ज – कोरोनाबाट नेपालगञ्जकी २५ वर्षकी महिलाको मृत्यु भएको छ ।
भेरी अस्पताल, नेपालगञ्जमा उपचारको क्रममा उनको मृत्यु भएको हो । बाँकेमा दैनिक संक्रमित मर्नेको सिलसिला तोडिन सकेको छैन ।
कोरोनाबाट अहिलेसम्म १९ जनाको मृत्यु भइसकेको छ । जिल्ला बाहिरबाट उपचार गराउन आउदा बाँकेमा ८ जनाको मृत्यु भएको छ ।