बाँकेगाउँका दुई किशोरको डुबेर मृत्यु

नेपालगञ्ज – बाँकेको फत्तेपुरस्थित नागराफल झरना नजिकको तालमा पौडी खेल्ने क्रममा नेपालगञ्जका दुई किशोरको मृत्यु भएको छ ।
६ जनाको समूह बनाएर फत्तेपुर पुगेका उनीहरु झरना हेरिसकेपछि नजिकको तालमा पौडी खेलेका थिए । बाँके प्रहरी प्रवक्ता डीएसपी सुवास खड्काका अनुसार, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ९, बाँकेगाउँका १६ वर्षका शिवशंकर शुक्ला र १४ वर्षका बिनोद बर्माको डुबेर मृत्यु भएको हो ।
पौडी खेलने क्रममा डुबेका उनीहरुलाई उद्धार गरेर उपचारका लागि नेपालगञ्ज ल्याउने क्रममा बाटोमा मृत्यु भएको थियो । मृतकको भेरी अस्पताल, नेपालगञ्जमा पोष्टमार्टम हुँदैछ ।


error: यो सुविधा उपलब्ध छैन !