सशस्त्र प्रहरीका दुई जवान प्रहरी फन्दामा

नेपालगञ्ज – दुई किशोरीलाई जबरजस्ती गरेको आरोपमा बर्दिया प्रहरीले सशस्त्र प्रहरीका दुई जवानलाई नियन्त्रणमा लिएको छ ।
बर्दियाका एसपी केदार रजौरेले किशोरीले उजुरी दिएपछि सशस्त्रका दुई जवानलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।
घटना एक महिना अघिको थियो । भदौ १५ गते माछा मारेर फर्किने क्रममा १४ र १९ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीका दुई जवानले राजापुर क्षेत्रको छेदिया जंगलमा जबरजस्ती गरेको उजुरी परेको थियो । असोज १४ गते उजुरी परेपछि भोलीपल्ट नै बर्दिया प्रहरीले सशस्त्रका दुई जवानलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । सशस्त्र प्रहरीका दुवै जवान श्रीलंका टापुको बीओपीमा कार्यरत थिए ।


error: यो सुविधा उपलब्ध छैन !