प्रदेश ५ को राजधानी देउखुरी क्षेत्र र नाम लुम्बिनी !

नेपालगञ्ज – प्रदेश ५ को राजधानी दाङको देउखुरी क्षेत्र र नाम लुम्बिनी राख्ने तयारी भएको छ । प्रदेश सरकारले यी दुई क्षेत्रको टुंगो लगाउन प्रदेश सभा बैठकमा प्रस्ताव गरेको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले शुक्रबारको प्रदेश बैठकमा प्रस्ताव पेश गरेका छन् । मन्त्री केसीले पेश गरेको प्रस्तावमाथि असोज १९ गतेदेखि छलफल शुरु हुने बुझिएको छ ।
प्रदेश ५ को स्थायी राजधानीबारे लामो समयदेखि अन्यौलता देखिएको थियो । सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मौखिक सहमति भएपछि प्रदेश सरकारमा प्रस्ताव आएको नेताहरुले बताएका छन् ।
यसबारेमा अन्य पार्टीहरुको प्रतिक्रिया आउन बाँकी नै रहेको छ । प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !