कोरोनाबाट ३९ वर्षीयको मृत्यु

नेपालगञ्ज – बर्दियाका कोरोना संक्रमितको बाँकेमा उपचारको क्रममा मृत्यु भएको छ ।
बर्दिया बारबर्दिया नगरपालिका वडा नं. ३ का ३९ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुवै फोक्सोमा निमोनिया भएका ३९ वर्षीय पुरुषलाई स्वास्थ्यमा समस्या भएपछि भदौ २९ गते भेरी अस्पतालमा भर्ना गरिएको थियो । त्यही दिन कोरोना परीक्षण गर्दा भोलीपल्ट पोजिटिभ रिपोर्ट आएको थियो ।
स्वास्थ्य अवस्था बिग्रिदै गएकाले उनको आज विहान साढे दश बजे मृत्यु भयो । योसँगै बाँकेमा उपचारका क्रममा आएर मृत्यु हुनेको संख्या पाँच पुगेको छ । उनीहरु अछाम, कैलाली, अर्घाखाँची र दुई जना बर्दियाका छन् ।


error: यो सुविधा उपलब्ध छैन !