बाँकेमा २८ जना थपिए

नेपालगञ्ज – बाँकेमा बुधबार २८ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लाको तीन ठाउँमा गरिएको परीक्षणमा २८ जना संक्रमित थपिएका हुन् । भेरी अस्पताल, नेपालगञ्जमा १६ जना, मेडिकल कलेज, कोहलपुरमा नौ जना र बागेश्वरी ल्याबमा तीन जना कोरोना संक्रमित थपिएका छन् ।
१५ जना पुरुष र १३ महिलालाई कोरोना लाग्दा सबैजसो नेपालगञ्जका छन् । योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या एक हजार सात सय २ जना पुगेको छ । त्यसमा एक हजार तीन सय ३७ जना निको भएर घर गएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !