सात दिनमा पाँच जनाको मृत्यु

नेपालगञ्ज – बाँकेमा कोरोनाबाट सात दिनमा पाँच जनाको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, असोज ७ गतेसम्ममा पाँच जनाको मृत्यु भएको हो । मृतकहरु बाँके, बर्दिया र सुर्खेत निवासी रहेका छन् ।
बर्दिया बारबर्दिया नगरपालिका वडा नं. ३ का ३९ वर्षका वडाध्यक्षको बुधबार विहान साढे दश बजे नेपालगञ्जको भेरी अस्पतालमा मृत्यु भयो । उनको दुवै फोक्सोमा निमोनिया थियो । स्वास्थ्यमा समस्या भएपछि भदौ २९ गते भेरी अस्पतालमा भर्ना गरिएको थियो । त्यही दिन स्वाव लिएर कोरोना परीक्षण गरियो । भोलीपल्ट उनलाई कोरोना पुष्टि भयो । उनको विहान साढे दश बजे मृत्यु भएको जानकारी दिनुभयो ।
६ गते बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं. ७ का ६४ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भयो । देब्रे साइडको सिभियर निमोनिया रहेका यी व्यक्तिलाई असोज ४ गते अस्पतालमा भर्ना गरिएको थियो । ५ गते कोभिड प्रमाणित भयो । बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचारको क्रममा ६ गते दिउँसो चार बजे मृत्यु भयो ।
५ गते एकजना कैदीको मृत्यु भयो । कर्तब्य ज्यान मुद्दामा नेपालगञ्ज कारागारमा सजाय काटिरहेका सुर्खेत, गुर्भाकोट नगरपालिका वडा नं. ४, सहारेका ५८ वर्षीय कैदीको सोमबार विहान ६.२५ बजे मृत्यु भएको थियो ।
उनी दमका विरामी थिए । उनलाई उपचार गर्नकै लागि सुर्खेत कारागारबाट नेपालगञ्ज सारिएको थियो । स्वास्थ्य समस्याकै बीच भदौ २१ गते विहान दश बजे स्वाव लिइएको थियो । त्यही दिन राती दश बजे कोरोना पोजिटिभ रिपोर्ट आयो । भदौ २२ गतेदेखि भेरी अस्पतालमा भर्ना गरिएको थियो ।
असोज ३ गते नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २१, पुरैनीका ५९ वर्षीय पुरुषको मृत्यु भयो । दुवैतिरको फोक्सोमा निमोनिया भएका उनलाई भदौ २० गते भेरीमा भर्ना गरिएको थियो । २१ गते ११.४५ मा कोभिड प्रमाणित भयो । असोज ३ गते राती साढे एघार बजे उनको मृत्यु भयो ।
असोज १ गते नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ का ४५ वर्षीय पुरुषको मृत्यु भयो । दुवैतिरको फोक्सोको निमोनिया भएका उनी भदौ २९ गते मेडिकल कलेजमा भर्ना भएका थिए । ३० गते स्वाव लिइयो, ३१ गते कोरोना पोजिटिभ रिपोर्ट आयो । स्वास्थ्य बिग्रिदै गएपछि उनलाई भेरी अस्पतालमा सारियो । १ गते साँझ सवा ५ बजे उनको मृत्यु भयो ।
कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले अधिकांशको दुवैतिर फोक्सोको निमोनिया भई ‘एआरडीएस’मा गई मृत्यु भएको छ ।
बाँकेमा अहिलेसम्म १६ जनाको कोरोनाबाट मृत्यु भएको छ । बाँकेका ११ जना छन् । नेपालगञ्ज कारागारमा रहेका कैदीलाई बाँकेको मानिएको छ । ५ जना जिल्ला बाहिरका छन् । उनीहरु अछाम, कैलाली, अर्घाखाँची र बर्दियाका छन् ।


error: यो सुविधा उपलब्ध छैन !