१९ जना घरतिर

नेपालगञ्ज – बाँकेमा बिहीबार १९ जनाले कोरोना जितेका छन् ।
भदौ २५ गते कोरोना पुष्टि भएका उनीहरु आज डिस्चार्ज भएका छन् । उनीहरु मेडिकल कलेज चिसापानी, इन्द्रेणीहोटल, भेरी अस्पतालको आइसोलेसनमा बसेका थिए ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले प्रहरी, स्वास्थ्यकर्मीहरु डिस्चार्ज भएको जानकारी दिनुभयो ।
बाँकेमा हालसम्म एक हजार तीन सय ५६ जना डिस्चार्ज भएका छन् । अब आइसोलेसनमा ३ सय ३५ जना रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !