१४ जनाले १४ दिन पूरा गरे
नेपालगञ्ज – बाँकेमा मंगलबार १४ जना आइसोलेसनबाट घर गएका जादैछन् ।
कोरोना पुष्टि भएको १४ दिन पूरा भएका उनीहरु डिस्चार्ज भएसँगै घर जान थालेका हुन् । उच्च अदालतका एकजनासहित १४ जना नै नेपालगञ्जका हुन् । भदौ २३ गते उनीहरुलाई कोरोना पुष्टि भएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले अहिलेसम्म एक हजार दुई सय ६४ जना डिस्चार्ज भएको जानकारी दिनुभयो । तीन सय ८७ जना आइसोलेसनमा रहेका छन् ।