चाचाको ९२ औं जन्मदिन मनाइदै

नेपालगञ्ज – प्रेस स्वतन्त्रता सेनानी स्व. पन्नालाल गुप्त चाचाको ९२ औं जन्मजयन्ती आइतबार मनाउने तयारी भएको छ । किरण साप्ताहिक र पे्रस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त प्रतिष्ठानले श्रदाञ्जली सभा गर्ने तयारी गरेका हुन् ।
नेपाल प्रेस युनियन, बाँकेका संस्थापक अध्यक्ष गुप्तको गत माघ १५ गते निधन भएको थियो । यस अघि नेपाल प्रेस युनियन, बाँकेको संयोजनामा जन्मदिन मनाउने गरिन्थ्यो । नेपाल पत्रकार महासंघ, बाँकेका पूर्व सभापति समेत रहनु भएका गुप्तले झण्डै ४ दशकदेखि नेपालगञ्जबाट साप्ताहिक किरण प्रकाशन र सम्पादन गर्दै आउनु भएको थियो ।
प्रेस स्वतन्त्रता सेनानी गुप्तले लोकतन्त्र प्राप्ती र प्रेस स्वतन्त्रताका लागि पत्रकारिताको माध्यमबाट महत्वपूर्ण योगदान दिएको भन्दै दुई वर्ष अघि नागरिक अभिनन्दन गरिएको थियो ।
यसैबीच, प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त प्रतिष्ठान गठन गरिएको छ । प्रतिष्ठानको संरक्षकमा स्व गुप्तकी धर्मपत्नी कमलादेवी गुप्ता रहनु भएको छ । स्व गुप्तका जेष्ठ सुपुत्र विजयकुमार गुप्ताको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्माण गरिएको हो ।


error: यो सुविधा उपलब्ध छैन !