जादा नि सामान्य, फर्किदा नि सामान्य

नेपालगञ्ज – शनिबार बाँकेबाट १५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
भदौको १३ गते संक्रमित भएका उनीहरु निको भएर घर जादैछन् । १४ दिनपछि स्वतः घर पठाउने भएकाले घर पठाउदा निको भएको मानिने गरिएको छ । किनकी, घर पठाउदा रिचेक गरिदैन ।
१४ दिनसम्म राख्दा लक्षण नदेखिएपछि डिस्चार्ज गर्ने गरिन्छ । संक्रमित हुँदा पनि लक्षण नदेखिएकाहरु घर जादा पनि उस्तै हालतमा हुने गरेका छन् । अधिकांशको हकमा यस्तै छ । स्वास्थ्य अधिकारीहरुका अनुसार, १४ दिनपछि घरमा जादा पोजिटिभ नै भएपनि उसले अरुलाई सार्ने संभावना अति नै कम हुन्छ ।
जिल्लामा लक्षण नदेखिएका विरामीको संख्या अधिक रहेको छ । जाँच गरिहालौ भनेर, साथीभाइसँगको भेट वा कार्यालयबाट गरिदा पीसीआर जाँच गरेकाहरु कुनै लक्षण नदेखिदा पनि कोरोना पोजिटिभ रिपोर्ट आउदा अचम्मित हुने गरेका छन् । ‘केही भएको छैन, कोरोना पोजिटिभ देखियो’ अधिकांशको मुखबाट यस्तो सुन्न पाइन्छ । ती केही नभएकाहरु १४ दिनपछि केही नभएर डिस्चार्ज हुने गरेका छन् । त्यसैले त उसलाई १४ दिन एकान्तमा बस्न महाभारत भइरहेको छ । त्यसकै परिणाम हुन सक्छ, कतिपय लुक्छन्, आलटाल गर्छन्, आइसोलेसनमा जान नपरोस् भनेर । सरकारी नियम नै हो, कोरोना देखिएपछि आइसोलेसनमा जानै पर्छ, लक्षण देखियोस् वा नदेखियोस् । कोरोना देखिएपछि १४ दिन एकान्तबासमा बसेर आफू, घरपरिवार र समाजलाई सहयोग गर्नुपर्ने अधिकारीहरुको भनाई छ ।
१४ दिन आइसोलेसनमा बसेर फर्किएकाहरु अनुभव सुनाउँछन्, कुनै लक्षण देखिएको हुँदैन । तर पनि कोरोना पोजिटिभ रिपोर्ट आयो भनेपछि एकपटक त झसङ्ग भइदो रहेछ । बिस्तारै डर हराउदै जादोरहेछ । अनि, १४ दिन कहिले पुग्ला भनेर औला भाँच्दै बस्ने गरिन्छ ।


error: यो सुविधा उपलब्ध छैन !