उपमहानगरपालिका तीन दिन ‘सील’

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका कार्यालय तीन दिन ‘सील’ गरिएको छ ।
उपमहानगरपालिकाको जिन्सी शाखामा कार्यरत युवराजविक्रम घलेको कोरोनाबाट मृत्यु भएपछि शोकमा परेको नेपालगञ्ज उपमहानगरपालिकाले मंगलबारदेखि तीन दिन कार्यालयलाई सील गरेको हो ।
उपमहानगरपालिकाले सोमबार शोकमा एक दिन कार्यालय बन्द गरेको छ । जिन्सी सहायक घलेको निधनप्रति उमपहानगरपालिकाले गहिरो दुःख व्यक्त गरेको हो । मेयर डा. धवलशमशेर राणाले घलेको निधनबाट उपमहानगरपालिकाले इमान्दार राष्ट्रसेवक कर्मचारी गुएको बताउदै शोक सन्तप्त परिवारमा महानुभूति प्रटक गर्नुभयो ।


error: यो सुविधा उपलब्ध छैन !