बाँकेमा ६ जना थपिए

नेपालगञ्ज – बाँकेमा सोमबार ६ जनामा कोरोना देखिएको छ ।
नेपालगञ्ज मेडिकल कलेजले पठाएको स्वावमा तीन जनासहित ६ जनालाई कोरोना देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, तीन महिला र तीन पुरुष थपिएका छन् ।
योसहित जिल्लामा कोरोना हुनेको संख्या एक हजार दुई सय ५७ जना पुगेको छ । त्यसमा ८ सय ३१ जना डिस्चार्ज भएका छन् ।
सोमबार नै भेरीमा गरिएको परीक्षणमा ७ जनामा कोरोना देखिएको छ । बर्दियाको मधुवनका ६ जना र ठाकुरबाबाका एकजना रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !