दक्षिणी अमेरिकासँग एसियालाई जोड्दै नेपाल

खजुरा – बिश्व साइकल सम्मेलन प्रत्येक बर्ष साइकलिस्टहरु र साइकलका मुद्दामा काम गर्ने र वकालत गर्नेहरुले उल्लासमय वातावरणमा सम्पन्न गर्ने गर्छन् । यसपटक २०२० को सेप्टेम्बरमा नेपालको राजधानी काठमाडौमा नवौं बिश्व साइकल सम्मेलनको आयोजना गरिदैछ ।
२०१८ को पेरुको लिमामा सम्पन्न ७ औं सम्मेलनमा नेपालबाट सहभागी भएका सहेल श्रेष्ठले आफ्ना योजना पेश गर्दै चुनावी प्रक्रियाबाट यो सम्मेलन नेपालमा ल्याउन सफल भएकाले नेपाली युवाले गरेको यो कदम महत्वपूर्ण र प्रशंसनीय छ । संसारभरबाट हजारौं साइक्लिस्ट र साइकल एक्टिभिस्टहरुलाई नेपाल भित्र्याएर भब्य रूपमा यो कार्यक्रम आयोजनाको तयारी गरिदै थियो । म पनि आयोजक कमिटीको सदस्यको रूपमा सक्रिय थिए । अझ सुखद संयोग नेपालले भ्रमण बर्ष २०२० घोषणा गरेर भब्य तयारी गर्दै गर्दा यो कार्यक्रमले पनि पक्कै त्यसलाई टेवा पु¥याउने थियो । तर यो कोरोनाको महामारीसँगै हाम्रो सबै तयारी माथि तुसारापात गरिदियो । अहिलेसम्म दक्षिण अमेरिकीमुलुक बाहेक बाहिर नगएको यो कार्यक्रमलाई हामीले पाएको यो अवसरलाई हामी कुनै पनि हालतमा गुमाउन चाहदैनथ्यौ । यो नेपालको मात्र नभएर सिंगो एसियाली मुलुकहरुकै लागि एउटा महत्वपूर्ण अवसर थियो । त्यसैले हामीले व्यापक छलफल पश्चात यसलाई यसको श्रृंखला टुट्न नदिन र नेपाल अनि एसियाले पाएको अवसरलाई चुनौतीका बाबजुद सम्पन गर्न भर्चुअल कार्यक्रमको तयारी गरियो । अहिलेसम्म आइपुग्दा धेरै तयारीहरु पूरा भैसकेको छ, जुन सम्मेलन बिश्वसाइकल यात्री र सगरमाथा आरोही पुष्कर शाहको नेतृत्वमा सम्पन्न हुँदैछ ।
बिश्व साइकल सम्मेलन को इतिहास :
सन् १९९२ देखि ब्राजिलमा क्रिटिकल मास इभेन्टको आयोजना हुँदै आएको थियो, जुन कार्यक्रम साइकल एडभोकेसीका लागि आयोजना गरिने गरिएको थियो । यसैक्रममा २०११ फेब्रुअरी २५ मा ब्राजिल कै पोर्टोएलेग्रा भन्ने शहरमा क्रिटिकल मास इभेन्ट आयोजना भयो । जसमा १ सय ५० जना साइक्लिस्टहरु सहभागी भए । त्यो इभेन्टमा पछाडीबाट आएको एउटा गाडीले आक्रोशपूर्वक सारा साइक्लिस्टहरुलाई ठोक्यो । केही मरे भने थुप्रै घाइते भए । यसको बिरोध दक्षिण अमेरिकी मुलुकभर भयो । संसारका अन्य भागमा समेत यसको बिरोध भयो । यसैको सम्झनामा पहिलो बर्ष सन् २०१२ मा वल्र्ड बाइक फोरमको आयोजना ब्राजिलमा भयो । २०१३, २०१४ र २०१५ गरी चार वटा सम्मेलन ब्राजिल कै विभिन्न शहरमा भए । ५ औं बिश्व साइकल सम्मेलन २०१६मा चिलिको स्यान्टियागोमा भयो । २०१७ मा छैटौं मेक्सिकोको मेक्सिकोसिटिमा, सातौं पेरुको लिमामा र आठौं इक्वेडोरको क्विटो शहरमा सम्पन्न भए । अब यसपटकको नवौं हामी नेपालको काठमाडौमा १९–२० सेप्टेम्बर २०२० मा आयोजना गर्दैछौं । यसरी अहिलेसम्म दक्षिण अमेरिकी मुलुकमा मात्र हुँदै आएको यो सम्मेलन एसियामा त्यो पनि हाम्रै मुलुक नेपालमा हुँदैछ । यसले दक्षिण अमेरिकालाई एसियासँग जोड्ने छ ।
विश्व साइकल सम्मेलन साइकलको अर्बान मोबिलिटी र प्लानिङ सिटीका लागि बहस, छलफल गर्ने गरि आयोजना गर्ने गरिन्छ । यसले साइक्लिस्टहरुको हक, अधिकारका लागि समेत बहस र पैरवी गर्छ ।


error: यो सुविधा उपलब्ध छैन !