जिप्रका बन्यो कोरोनाको हटस्पट

नेपालगञ्ज – जिल्ला प्रहरी कार्यालय, बाँकेका १७ जना प्रहरीलाई कोरोना देखिएको छ ।
भेरी अस्पताल, नेपालगञ्जले सार्वजनिक गरेको दोस्रो लटको विवरणमा जिल्ला प्रहरी कार्यालयका १७ जनासहित २० जनालाई कोरोना देखिएको हो । यसअघि जिल्लामा ४० जनालाई कोरोना देखिएको थियो । त्यसमा चार जना प्रहरी थिए ।
जिल्ला प्रहरी कार्यालयमा एकजना थुनुवालाई कोरोना देखिएपछि मुद्दाफाँटमा काम गर्नेलाई कोरोना देखिएको थियो । त्यसपछि जाँच गर्दा अरुलाई पनि देखिएको छ । प्रहरीलाई तालिम केन्द्रमा आइसोलेसन बनाएर राख्ने तयारी थालिएको छ । अन्यत्र पनि हुन सक्ने अधिकारीहरुले बताएका छन् । दोस्रो लटमा तीन जना नेपालगञ्जका परेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !