डुडुवामा फेरि देखियो कोरोना

नेपालगञ्ज – बाँकेमा बैंक कर्मचारी, प्रहरीसहित ४० जनामा कोरोना देखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले भेरी अस्पताल, नेपालगञ्जमा ३७ जना र बागेश्वरी ल्याबमा तीन जनामा कोरोना देखिएको जानकारी दिनुभयो ।
जिल्लामा लामो समयपछि डुडुवामा कोरोना देखिएको छ । डुडुवा गाउँपालिका वडा नं. ५ का ५ जनामा कोरोना देखिएको छ । राष्ट्रिय बाणिज्य बैंकका ५ जनामा कोरोना देखिएको छ । जिल्ला प्रहरी कार्यालयका चार जनामा कोरोना देखिएको छ ।
स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको दिन नै ४० जनाको लिष्ट बाहिर आएको छ । भेरीमा गरिएको परीक्षणमा बर्दियाका ६ जनामा कोरोना देखिएको छ । उनीहरु सबै बारबर्दिया वडा नं. ३ का हुन् ।
बाँकेमा कोरोना संक्रमित एक हजार एक सय ७९ जना पुगेका छन् । यसमा ८ सय ३ जना डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !