दुई दिने बन्दले कोरोनाको ‘चेन’ तोडिएला ?

नेपालगञ्ज – स्थानीय प्रशासनले बाँकेमा दुई दिन निषेधाज्ञा जारी गरेको छ ।
लामो लकडाउन र त्यसपछि पटक–पटक भएका निषेधाज्ञा पछि फेरि स्थानीय प्रशासनले हप्ताको दुई दिन शुक्रबार र शनिबार निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । केही दिनअघि बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको थियो ।
अधिकारीहरुले हप्तामा दुई दिन ठप्प पार्दा कोरोनाको ‘चेन’ तोडिने जिकिर गरेका छन् । नेपालगञ्जका मेयर डा. धवलशमशेर राणासहितको उपस्थितिमा यस्तो निर्णय गरेको हो । बाँकेमा कोरोनाका बिरामी देखा परिरहदा र धेरै दिन निषेधाज्ञा गर्दा जनतालाई पार पर्ने निष्कर्ष निकाल्दै अधिकारीहरुले हप्ताको दुई दिन निषेधाज्ञा गर्ने निर्णय गरेका हुन् । यद्यपि, नेपालगञ्ज उद्योग बाणिज्य संघका महासचिव चिरञ्जीवी ओलीले दुई दिन बन्द गर्नुको औचित्य नभएको प्रतिक्रिया दिइसक्नु भएको छ ।
निषेधाज्ञाको आज पहिलो दिन बजार सुनसान नै देखिएको छ । अति आवश्यक काम परेका बाहेक घर बाहिर निस्केका छैनन् । स्थानीय प्रशासनले सूचना जारी गरेर निषेधाज्ञामा निस्किनेलाई संक्रमक ऐन अन्तर्गत कारबाही गर्ने चेतावनी दिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !