बाँकेमा ११ जना थपिए
नेपालगञ्ज – बाँकेमा थप ११ जनामा कोरोना पुष्टि भएको छ ।
भेरी अस्पताल, नेपालगञ्जले सार्वजनिक गरेको विवरण अनुसार, नेपालगञ्ज, जानकी र नरैनापुरका ११ जनामा कोरोना देखिएको छ । एघार जनामा ५ महिला र ६ जना पुरुष रहेका छन् ।
भेरीमा जाँच गरिएकोमा दुई जना बर्दियाका व्यक्तिमा पनि कोरोना देखिएको छ । उनीहरु बारबर्दिया ३ र ८ नम्बर वडाका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले बाँकेमा संक्रमितको संख्या ९ सय ८६ पुगेको जानकारी दिनुभयो । त्यसमा ७ सय ३ जना निको भएका छन् । जिल्लामा बिरामी निको हुने दर ७१.३० प्रतिशत रहेको छ ।