अब हप्ताको दुई दिन निषेधाज्ञा

नेपालगञ्ज – बाँकेमा हप्ताको दुई दिन निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को शुक्रबार बसेको बैठकले हप्ताको दुई दिन शुक्रबार र शनिबार निषेधाज्ञा लगाउने निर्णय गरेको हो । अर्को हप्तादेखि निर्णय कार्यान्वयन हुनेछ ।
जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रवक्ता दीर्घराज उपाध्यायले हप्ताको दुई दिन शुक्रबार र शनिबार ठप्प पार्ने निर्णय भएको जानकारी दिनुभयो । ‘पाँच दिन सबै खुल्छन्, हप्ताको दुई दिन शुक्रबार र शनिबार सबै ठप्प पार्छौ, प्रवक्ता उपाध्यायले भन्नुभयो, दुई दिन रोक्दा मात्रै पनि स्थिति कन्ट्रोल गर्न सहज हुने आकलन गरेका छौं ।’
बाँकेमा दैनिक नै संक्रमितको संख्या बढ्दै गएपछि जिल्लामा कसरी जाने भन्ने विषयमा धेरै छलफल भएको थियो । अन्तमा दुई दिन ठप्प पारेर अघि बढ्ने निर्णय भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !