ह्वाइट हाउस भयो क्वारेन्टाइन

नेपालगञ्ज – मनिकापुरको ह्वाइट हाउस होटललाई क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले केही अघि नै ह्वाइट हाउसलाई आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको थियो । यद्यपि, अहिले आइसोलेसन नभई क्वारेन्टाइनको रुपमा प्रयोग थालिएको छ ।
नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा रहेका ६६ जनालाई ह्वाइट हाउसमा सारिएको छ । क्याम्पस प्रशासनले क्याम्पस खाली गरिदिन पटक–पटक आग्रह गरेपछि स्थानीय प्रशासनले त्यहाँ रहेका मानिसलाई ह्वाइट हाउसमा सारेका हुन् ।
भारतबाट आएका व्यक्तिलाई पीसीआर जाँच गर्नुअघिसम्म महेन्द्र बहुमुखी क्याम्पसमा राख्ने गरिएको थियो । भारतबाट आएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्न शुरुदेखि नै क्याम्पसमा मानिसलाई राखिएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !