ससुराको पैसा हात पार्न साला अपहरण

नेपालगञ्ज – आफ्नै साला अपहरण गर्ने भिनाजु पक्राउ परेका छन् ।
ससुरासँग ४ लाख ८५ हजार नगद रहेको थाहा पाएपछि नेपालगञ्ज–१६ का कल्लु भन्ने कलिम खाँले आफ्नै १३ वर्षीय साला इसहाक जाकिर भन्ने इन्तजार खाँलाई अपहरण गरेका हुन् । भदौ ९ गते राती साढे आठ बजे मोहर्रम हेर्न गएको बेला कलिमले सालालाई अपहरण गरेका थिए । अपहरण गरेर उनले दुई दिन आफ्नै घरमा राखेका थिए ।
सालालाई घरमा राखेपछि ससुरालमा फोन गरेर दश लाख फिरौती मागेका थिए । बालक अपहरणमा परेको भोलीपल्ट प्रहरीलाई खबर आएको थियो । प्रहरीले रातभरी अप्रेसन चलाएर बालकको उद्धार गरेको हो ।


बाँकेका एसपी ओमबहादुर रानाले शुक्रबार पत्रकार सम्मेलन गरेर घटना बाहिर ल्याउनु भएको हो । कलिमले प्रयोग गर्ने भे ४ प २३४४ नम्बरको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । भदौ १० गते ससुरालले जग्गा किन्ने थाहा पाएपछि उक्त रकम हात पार्न कलिमले सालालाई अपहरण गरेको एसपी रानाले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !