ब्राउनसुगर दिन आएका भारतीय फन्दामा

नेपालगञ्ज – ‘ग्राहक’लाई दिन ठूलो मात्रामा लागु औषधी ब्राउनसुगर बोकेर आएका भारतीय नागरिक प्रहरीको फन्दामा परेका छन् ।
भारत बहराइच थाना केवलपुर बस्ने २५ वर्षीय अजय कौलिक २० ग्राम ब्राउनसुगरसहित पक्राउ परेका हुन् । ग्राहकलाई दिनका लागि एक÷एक ग्रामका २० वटा पुडिया बनाएर ल्याइएको थियो । लागु औषध नियन्त्रण ब्यूरोको टोलीले अजयसहित नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ का ओमप्रकाश सिंहलाई पक्राउ गरेको छ ।
नेपालगञ्ज नाका आवतजावतमा कडाई छ । लागु औषधीका कारोबारीले भने सहज रुपमा नेपालगञ्ज प्रवेश गरेको देखिन्छ । कारोबारीले छोटी नाकाहरुमा प्रयोग गरेको हुन सक्छ । लागु औषधीका भारतीय कारोबारीहरु सहजै नेपालगञ्जमा माल पु¥याउन आउने गर्दछन् । कतिपय प्रहरीको फन्दामा पर्ने गरेका छन् । लागु औषधी बोकेर नेपालगञ्ज आइपुग्दा पक्राउ परेका ठूलो संख्याका भारतीय अहिले पनि कारागारमा रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !