कोरोना उपचार गर्ने डाक्टरलाई कोरोना

नेपालगञ्ज – कोरोनाविरुद्धको अभियान र उपचारमा प्रत्यक्ष लाग्नु भएका भेरी अस्पताल, नेपालगञ्जका दुई जना डाक्टरलाई कोरोना पुष्टि भएको छ ।
अस्पतालका फिजिसियन डा. राजन पाण्डे र कोरोनाका फोकलपर्सन डा. संकेत रिसाललाई कोरोना पुष्टि भएको हो । डा. रिसाललाई हिजो नै कोरोना पुष्टि भएको थियो भने डा. पाण्डेको आज आउने रिपोर्ट बाहिर आउनेछ । डा. पाण्डेले सामाजिक सञ्जालमा लेख्नु भएको छ, ‘कोभिड–१९ को बिरामीहरुको उपचारमा रहदा म पनि यसबाट अछुतो रहन सकिन । मसँग गत एक हप्ताभित्र सम्पर्कमा आउनु हुने सम्पूर्ण व्यक्तिहरुले कोभिड–१९ जाँच गर्नु होला । स्वास्थ्य लाभपछि प्लाज्मा डोनेट गर्नेछु ।’
भेरीका यी दुई जना डाक्टर प्रत्यक्ष उपचारमा संलग्न हुनुहुन्थ्यो । यता, नेपालगञ्ज मेडिकल कलेजका आधा दर्जन डाक्टरलाई कोरोना लागिसकेको छ । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले कोरोनको उपचारमा प्रत्यक्ष खटिएका डाक्टरलाई कोरोना देखिन थालेको बताउनुभयो ।
बाँकेमा अहिलेसम्म ८ सय ३५ जनालाई कोरोना भइसकेको छ । ६ सय ५४ जना डिस्चार्ज भइसकेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !