डाक्टर, प्रहरी र बैकर्सलाई कोरोना

नेपालगञ्ज – नेपालगञ्जमा डाक्टर, प्रहरी, बैकर्सलाई कोरोना देखिएको छ ।
भेरी अस्पताल, नेपालगञ्जले जारी गरेको विवरणमा भेरीकै डाक्टर, वडा प्रहरी कार्यालयका प्रहरी, एभरेष्ट बैंकका कर्मचारीलगायतमा कोरोना पुष्टि भएको हो । बाँकेमा सोमबार नौ जना थपिदा यी सेवाका व्यक्तिहरु परेका हुन् ।
कोरोना देखिएका नौ जना सबै नेपालगञ्जका छन् । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, जिल्लामा कोरोना संक्रमितको संख्या ८ सय ४४ जना पुगेको छ । ६ सय ५४ जना डिस्चार्ज भएका छन् ।
भेरीमा गरिएको परीक्षणमा बर्दियाका ६ जनामा कोरोना पुष्टि भएको छ । कोरोना देखिनेमा ठाकुरबाबाका ४, बढैयाताल र राजापुर नगरपालिका एक एक जना रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !