नेपालगञ्जमा कोरोनाबाट ३७ वर्षीय पुरुषको मृत्यु

नेपालगञ्ज – नेपालगञ्जमा कोरोनाबाट ३७ वर्षीय पुरुषको मृत्यु भएको छ । योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
दुवै फोक्सोमा निमोनिया रहेका नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ का ३७ वर्षीय पुरुषको गएराती साढे एक बजे मृत्यु भएको हो । बिरामी भएका कारण भदौ ८ गते विहान १० बजे नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएका थिए । त्यही दिन ११ गते उसको स्वाव लिइएको थियो । भोलीपल्ट दिउँसो ३ बजे पोजिटिभ रिपोर्ट आएको थियो ।
उपचारमा रहेका उनको अवस्था बिग्रिदै गएपछि नेपालगञ्जबाट कोहलपुर भेन्टिलेटरसहित सारेर उपचार गर्दागर्दै गएराती डेढ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !