दश जना थपिदा कोहलपुरका पाँच जना

नेपालगञ्ज – बाँकेमा शनिबार १० जनामा कोरोना देखिएको छ । दशजनामा पाँच जना कोहलपुरका छन् ।
भेरी अस्पताल, नेपालगञ्जका अनुसार, कोहलपुर नगरपालिकाको वडा नं. ११ का चार जना र वडा नं. १२ का एकजनामा कोरोना देखिएको छ । पछिल्लो दिनमा कोहलपुरमा दैनिकि नै संक्रमित देखा परिरहेका छन् ।
अरु संक्रमित नेपालगञ्जका तीन जना र जानकीका दुई जना रहेका छन् । नेपालगञ्जको १, २ र १० नम्बर वडाका एक एकजना छन् । जानकी गाउँपालिकाका वडा नं. ३ का तीन जना रहेका छन् ।
भेरीमा गरिएको परीक्षणमा बर्दिया मधुवनका एकजनामा कोरोना पुष्टि भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !