किसान पुगे प्रशासन

नेपालगञ्ज – राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन, बाँकेले किसानलाई मल, बिउ, किटनाशक औषधी उपलब्ध गराउन माग गरेको छ ।
राप्रपानिकट किसान संगठनले सहायक प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउदै समयमा मल, बिउ र किटनाशक औषधी उपलब्ध गराउन जोडदार माग गरेको हो । सम्बन्धित निकायले मल, बिउ उपलब्ध गराउन नसक्दा किसानलाई ठूलो मर्का परेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।


ज्ञापनपत्र बुझाउन किसान संगठनका अध्यक्ष समर सिंहलगायत राप्रपाका नेताहरु पुगेका थिए । कोरोनाका कारण नाका बन्द हुँदा किसानले भारतबाट अलिअलि गरेर ल्याउने मल पनि रोकिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !