जनप्रतिनिधि र नगर प्रहरी डिस्चार्ज

नेपालगञ्ज – बाँकेमा आज २८ जना डिस्चार्ज भएका छन् ।
जिल्लाका विभिन्न आइसोलेसनमा बसेका २८ जना कोरोना जितेर घर जादैछन् । आज डिस्चार्ज हुनेहरु साउन २२ गते नेपालगञ्ज उपमहानगरपालिका कार्यालय परिसरमा स्वाव लिदा कोरोना देखिएको हुन् । कोरोना जितेर फर्किनेमा जनप्रतिनिधि, नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रहरीदेखि कर्मचारीसमेत रहेका छन् । अधिकांश पोजिटिभको सम्पर्कमा आएका व्यक्तिहरु हुन् । डिस्चार्ज हुनेमा एकजना डाक्टरसमेत रहेका छन् ।
१४ दिनपछि स्वतः घर पठाउने नीतिका कारण २२ गते कोरोना देखिएका २८ जना नै आज डिस्चार्ज भएका हुन् । आजसम्म बाँकेमा ४ सय ९६ जना डिस्चार्ज भइसकेको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !