अपहरण र चोरी गर्ने पक्राउ

नेपालगञ्ज – अपहरण, शरीर बन्धक, अपराधिक लाभ र चोरी मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् ।
२०६७ साउन २७ गते नेपालगञ्ज–१८ का बराती बढईलाई अपहरण गरी उनको नाममा रहेको जग्गा खाने नियतले फर्जी कागज बनाई अपहरण गरी शरीर बन्धक, अपराधिक लाभ लिन खोज्ने डुडुवा–३ का बब्बु खाँ पठान भन्ने मुस्लिम खाँलाई प्रहरीले पक्राउ गरेको हो ।
यसैबीच, नेपालगञ्ज–१२ का राकेश थापाको घरबाट सुनचाँदीका गहना र नगद चोरी गरेर फरार रहेका पंकजकुमार बर्मा पनि पक्राउ परेका छन् ।
नौ वर्षअघि चोरी आरोप लागेका पंकजलाई जिल्ला अदालतले ५ वर्ष ११ महिना ४ दिन कैद र ६१ हजार जरिवाना तोकेको थियो ।
बाँके प्रहरीले पछिल्लो दिनमा फरार अभियुक्त चलाउने अभियान नै चलाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !